महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ।

कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन्। यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो। 

नेपाली टोलीमा २ परिवर्तन भएको छ। आजको  खेलमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा रहेका छन्।