नेपाल एल.पी ग्याँस उद्योग सङ्घले नेपाल सरकारले ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग राखेको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योग सङ्घले जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न, एल.पी. ग्याँस दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनुपर्ने माग गरेको हो।
साथै, २०७० सालमा सरकार र संघबीच भएको ७५%–२५% कार्यविधिलाई तत्काल लागू गरिनु पर्ने, एल.पी. ग्याँसका उपभोक्ताहरूले ग्याँस उपभोग गर्दा अपनाउनु पर्ने सावधानी, प्रयोग गर्ने विधि बारे जनचेतना कार्यक्रम प्रचार प्रसारको लागि राज्यले घटीमा आयातको १ प्रतिशत छुट्याउनु पर्ने पनि माग राखेका छन्।