मकवानपुरको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको संयोजकमा उर्मिला लामा चयन भएकी छिन्।
बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला सङ्घको संयोजकको जिम्मेवारी लामालाई दिएको हो। संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताएकी छन्। 
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि समितिको कार्यकाल ३ वर्षको रहनेछ। राप्रपाका प्रदेश सचिव गुञ्जन न्यौपानेको प्रमुख आतिथ्यमा भेला भएको हो।
भेलामा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय सचिव सरस्वती थिङ र प्रदेश सदस्य खुसी कार्कीको उपस्थिति रहेको थियो।