रामेछाप नगरपालिकाले अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ।
नगरपालिकाको वडा नं ८ का ‘क र ख’ वर्गका अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिएको हो।
वडा नं ८ का वडाध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालाकुमारी कार्कीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिन्।
कार्यक्रममा ३० जना अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरिएको छ। सो वडामा क र ख वर्गका ३० जना अपाङ्गता भएका नागरिक रहेका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सरिता बुढाथोकीले जानकारी दिइन्।
सोही कार्यक्रममा बालविवाह र त्यसको असरको बारेमा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो।