पर्सा सशस्त्र प्रहरी भण्डार गरी राखेको अवस्थामा वीरगञ्जबाट ५० लाखभन्दा बढिको सामान बरामद गरेको छ। 
सीमा सुरक्षा गुल्म वीरगंंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्श नगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।  
उनका अनुसार  सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो। 
बरामद गरेको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजले जनाएको छ।