पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरू छन्। दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ। 
वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन्। हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरू झुम्मिने गरेका छन्।
सिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरू हेर्न धेरै मानिसहरू उक्त टापुमा पुग्ने गरेका छन्। 
ब्राइडका ह्वेलहरू सिकार गर्दा पानीबाट ठाडो रूपमा बाहिर निस्कने गरेका छन्। यिनीहरूको यस्तो सक्रिय अवधि सामान्यतया डिसेम्बरदेखि अप्रिलसम्म रहने गर्छ। 
गुआङ्सी एकेडेमी अफ साइन्सेजको तथ्याङ्कअनुसार यस क्षेत्रमा पहिचान गर्न सकिने ब्रायड ह्वेलको सङ्ख्या सन् २०१८ मा ६ वटा मात्र थियो। त्यसको सङ्ख्या बढेर २०२४ मा ६० पुगेको छ।