नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलवार) पनि स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो। 
गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो। 
यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो।