प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन्।
बिहानै भूकम्प गएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन्।
उनले लेखेका छन्,‘‘शुभ प्रभात! हिजोआज विभिन्न भागमा स-साना भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो।