करिब चार महिनापछि मङ्गलवार (आज) मधेस प्रदेश सभाको बैठक बस्न लागेको छ। बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ।
आजबाट प्रदेश सभाको चौथो अधिवेशन सुरु हुन लागेको हो। प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो।
आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको छ।
लामो समयदेखि प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत अन्य पार्टीहरूले अहिलेको प्रदेश सरकार असफल भएको र कुनै काम गर्न नसेको भन्दै विरोध जनाउँदै आएको थियो।