पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा सञ्चालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा सञ्चालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी बस्ने वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनसिपका सञ्चालक तथा निर्देशक अछामको सिउडी गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत् डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पोखराको लेक साइडबाट पक्राउ परेका उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
उनीहरूले उक्त च्याम्पियनसिपमा
सहभागी हुने समूह दर्ता शुल्क बापत १७ हजार रुपैयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पुर्याइ नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।