नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्। आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए।
उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताए। 
उनले भने,‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानुन बमोजिम ल्याउनुपर्छ। यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु। कानुन विपरीत काम भएको छ भने जसरी ललिता निवासको कयौँ रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु।