सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ,पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुङ्गो लगाउनुपर्ने बताएका छन्।
फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बोलाएर कुन–कुन कण्डको फाइल खोल्ने हो टुङ्गो लगाउन सुझाव दिए।
उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ।अर्को पूर्व प्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ। बरु अर्को एक जना पूर्व प्रधानमन्त्रीलाई चाहिँ आमन्त्रित गरेर भए तापनि यही समितिमा बसेर छलफल गरौँ। भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुङ्गो लगाऊँ। फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ।’