दक्षिण कोरियामा यसपालिको नयाँ वर्ष खासै उत्साहजनक रहेन। स्थानीय समाचार माध्यमहरूका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियाबासीले नयाँ वर्षलाई शोकका रूपमा ग्रहण गरेका छन्।
डिसेम्बरको सुरुमा अल्पकालीन मार्सल ल लागूको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्व सन्ध्यामा आइतबारको दुखद जेजु एयरको विमान दुर्घटनाले १ सय ७९ जनाको ज्यान लिएको घट्नालाई दक्षिण कोरियाको झण्डै तीन दशकमा सबैभन्दा खराब उड्डयन प्रकोपको सामना गरेको जनाएको छ।
जसका कारण राष्ट्रिय शोकको अवस्था निम्त्याएको जनाइएको छ। विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सम्झनामा मङ्गलवार सियोल सिटी हलको अगाडि एउटा स्मारक स्थापना गरिएको सात दिने राष्ट्रिय शोक अवधि समाप्त नभएसम्म शोक व्यक्त गर्न क्रम जारी रहने छ।
उक्त स्थानमा २०२४ को अन्तिम दिनमा धेरै नागरिकहरू पीडितहरूलाई श्रद्धाञ्जली दिन, पुष्प गुच्छा अर्पण गर्न र मौन बस्न आएका थिए।
‘हामी पनि अभिभावक हौँ, त्यसैले यो दुखद दुर्घटनामा परिवारका सदस्य गुमाउनु परेको शोकमा सहभागी छौँ। मृतकको चिरशान्तिको कामना गर्दै उहाँको चिरशान्तिको कामना गर्दै यहाँ छौँ। सबै जना तयार हुँदाहुँदै यस्तो गम्भीर दुर्घटना भएकोमा दुःखी छौँ। नयाँ वर्षको शुभारम्भ गर्नका लागि हामीलाई कठिन भयो,एक स्थानीय बासिन्दाले भने।
दक्षिण कोरियाका प्रमुख व्यापारिक जिल्लाहरूका सपिङ मलहरू सामान्यतया वर्षको अन्त्यमा हुने गर्छन्। यद्यपि, यस पटक, सियोलको प्रख्यात होङ्गडे व्यापार जिल्लाका सडकहरू अघिल्लो नयाँ वर्षको पूर्व सन्ध्यामा तुलनात्मक रूपमा रूपमा बढी सुनसान छन्। धेरै नागरिकहरूले यो मनोरञ्जन गतिविधिहरूको लागि उपयुक्त समय नभएको बताएका छन्।
‘यस वर्ष, म नयाँ वर्षको पूर्व सन्ध्या शान्त बिताउन चाहन्छु, र हामीले हाम्रो गतिविधि कम गर्ने योजना पनि बनाएका छौँ। विगतका वर्षहरूमा जस्तो नभई, म मेरो परिवारसँग घरमै हुनेछु र नयाँ वर्षलाई सरल र शान्त तरिकाले स्वागत गर्नेछु,’ एक स्थानीयले भने।
मार्सल लको घोषणा पछिको हप्ता कोरियाका आठ प्रमुख क्रेडिट कार्ड कम्पनीहरूको क्रेडिट कार्ड खर्च अघिल्लो हप्ताको तुलनामा लगभग २६ प्रतिशतले घटेको थियो। बैंक अफ कोरियाको तथ्याङ्कले दक्षिण कोरियाको उपभोक्ता विश्वास सन् २००८ यताकै सबैभन्दा ठुलो गिरावट आएको देखाएको छ।