काठमाडौँ आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ।
भुकम्प मापन केन्दका लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पले काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।