बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुबा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।
भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा चर्चित छन्। उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्। भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन्।
उनले हांस्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन्। सचिनलाई सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठाडौँ ल्याएका थिए।
पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय, सञ्चारमाध्यमले ठूलो सहयोग गरेतापनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्तत टिचिमा अन्तिम श्वास फेरेका छन्। एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए।