सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
यी हुन् कालो सूचिमा पर्ने निर्माण कम्पनीहरू 
१. श्री एस.ए.एस.कन्स्ट्रक्सन प्रा.ली.,विराटनगर–१६, मोरङ।
२. श्री एमएस Inspur Software Group Co= Ltd=, China.
३. श्री मृत सञ्जीवनी–ग्याल्वा जे.भी,काठमाडौँ।
४. मृत सञ्जीवनी कन्स्ट्रक्सन प्रा.ली., हेटौँडा 
५. श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका–०६, गोरखा।
६. श्री सुष्मी कन्स्ट्रक्सन प्रा.ली., गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौँ। कार्यालय, अत्तरपुर,       सिन्धुपाल्चोक।
७. श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया।
८. थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाईंकुण्ड गा.पा.–६। 
९. M/S M=D= Optical Solution Pvt Ltd Pokhara–१५, कास्की। 
१०. शिलादेवी एस.बि.डी. निर्माण सेवा प्रा.ली., शुक्ल गण्डकी–०२, तनहुँ।
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर।
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु।
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके।