नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन्।
बुधवार स्व राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले बीपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘जीवन हामीले एक चोटि पाउने हो। तपाईँले कसरी प्रयोग गर्नुहुन्छ ? तपाईँको परिचय त्यसबाट हुन्छ। मरिसकेपछि मान्छेले सम्झिन्छन्। आज बीपी कोइरालालाई किन सम्झिन्छौँ ? उहाँ करोडपति त हुनुहुन्थ्यो। बीपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो जीवन प्रयोग गर्नुभयो। तपाईँ आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ। आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन। हाम्रो समाज कस्तो छ? हजारौँ वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो। बीपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’
साथै उनले आफ्नो लागि नभई अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए। उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए।