मोरङको जहदाकी २२ वर्षीया युवतीमाथि बलात्कार भएको छ। मङ्गलबार बिहान ‘मर्निङवाक’मा निस्किएका बेला युवती बलात्कारमा परेको मोरङ प्रहरीले जनाएको छ। घटना कटहरीमा भएको हो।
उनी हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्। अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता, डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले बताए। ‘हामीले घटनाको अनुसन्धान सुरू गरेका छौँ। घटनामा संलग्नको खोजी कार्यलाई तीव्र पारिएको छ’, उनले भने।
युवतीलाई बाँस झ्याङमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधी, मुखमा पट्टी लगाएर जबर्जस्ती करणी भएको उनकी दिदीले प्रहरीलाई बताएकी छन्।