ललितपुरमा इटहरीका एक युवकको हत्या भएको छ। च्यासलस्थित टाउन हब रेष्टुरेन्टमा सोमबार राति इटहरीका २३ वर्षीय नयन गुरुङको चक्कु प्रहार गरी हत्या भएको हो। मृतक गुरुङ ललितपुरस्थित हिमालय कलेजमा बीई चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। 

गुरुङको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेष्टुरेन्टका कर्मचारी डडेलधुराका २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर लामा र दार्चुलाका ४१ वर्षीय पदमराज भट्ट रहेका छन्।

सोमबार राति नै उनीहरूलाई पक्राउ गरिएको ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।