नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ। 

आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ।