नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा नगर्ने बताएका छन्। नेपाल जग्गा आवास तथा विकास महासङ्घको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
अध्यक्ष ढकालले भने,‘पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाइदाका लागि मात्रै पनि कुरा गर्छन् भन्ने परम्परागत बुझाई छ। तर, अहिले निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्रै कुरा गर्ने सम्भावना छैन। त्यो गर्नु पनि हुँदैन।’
अध्यक्ष ढकालले हामीले ल्याएको नीति नियमहरु परिमार्जन गर्नुपर्ने बताए। उनले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको बताए।
उनले भने,‘हामीले पोलिसीहरु ल्याउँछौ। हामीले अहिले पचासौँ वर्ष पुरानो नीतिले गाइड गरिरहेको छ। यसलाई हामीले वास्तवमा समय सापेक्ष हिसाबबाट जान सकिएन भने, अथवा हामीले ल्याएका पोलिसिहरु सही छैन भने करेक्सन नि गर्नु पर्यो। गलत पोलिसि ल्याइयो र त्यो गलत पोलिसिबाट रिजल्ट राम्रो आएन भने त करेक्सन पनि गर्नुपर्यो।’