कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लाको कनका सुन्दरी सिञ्जा हुँदै नेपालको ठुलो र गहिरो रारा अथार्त महेन्द्र ताल सम्मको हवाई र सडकको दिन प्रति दिन सुधार हुँदै गएपछि आन्तरिक तथा बाहिर्य पर्यटकको चहलपहल बढ्न थालेको छ।
बर्खा समय सकिए पछि खुल्ला मौसम खुलेसँगै रारा तालका सप्तरङ्गी राराको दृश्य हेर्ने , घुम्ने, अध्ययन अनुसन्धान गर्न सजिलो सिजन सुरु भएको हो । रारामा रहेका घोडा ब्यवसाय सञ्चालन गदै आएका स्थानीयहरूले राम्रो आम्दानीको स्रोत पाएका छन्।
विगतका वर्षहरू भन्दा पछिल्ला वर्षहरूमा कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हुँदै जान थाले पछि कर्णाली प्रदेश लगायत देशका मुख्य सहर पोखरा, काठमाडौँ, नेपालगञ्ज, विराटनगर, चितवन,लगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरू बढेको बढी रहेका भए पनि दसैँ तिहार सकिए पछि रारामा दैनिक ,४०,५० जना सम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन्।
रारा पुग्ने पर्यटकहरुको सहज र घोडा चढाएर रारा तालको विभिन्न स्थान सम्म पुर्याउनको लागी पछिल्लो समयमा घोडा व्यवसाय सङ्घ गठन गरिएका छन्। पालै पाले गरेर पर्यटकहरुलाई रारा घुमाउने गरेका छौँ। दैनिक २,३ हजार आम्दानी हुने गरेको छ। विदेश ,भारतका विभिन्न गल्लीहरुमा काम गर्नु भन्दा पनि आफ्नै देश जिल्ला र राराको पर्यटनको प्रचार प्रचार गर्ने घर खर्चचलाउर्ने गरेको घोडा व्यवसाय जीवन रावलले बताएका छन्।
रारा घुम्न आएका पर्यटकहरुलाई सल्यरीबाट रारा, ताल, हुटु, मुर्माटप, महादेव मन्दिर लगायतका विभिन्न स्थान सम्म घुमाउने गरेका छौँ। घोडा व्यवसाय समितिको निर्णय अनुसार पालै पालो गरेर झार्ने गरेका छौँ। आज अलि चिसो समय सुरु हुन थाले पछि रारा घुम्न आउने पर्यटकहरुको सङ्ख्या घट्दै जान थालेको छ। तर हिजो आज मौसम निकै सफा भएको हुनाले रारा तालको पुरै दृश्य देखीले भएको हुनाले रारा घुम्न आएका पर्यटकहरु निकै तालको किनारमा फोटो खिच्ने टिकटक बनाउनमा बढी व्यस्त हुने ,घोडा चढेर फोटो लिने गर्दा दैनिक १हजार देखी २हजार सम्म आमदानी हुने गरेको घोडा चालक रवीन्द्र कार्मिले बताएका छन्।
रारा घुम्न आउने पर्यटकहरुको सहजताको लागी विभिन्न घोडा व्यवसायहरू गठन भरेका छन्। यी निहरुलाई रारा आउर्ने पर्यटकहरुलाई एक ठाउँ बाट अर्को ठाउँमा पुरयार्ने काम गरेका छ। यी घोडा व्यवसायहरूको दैनिक आम्दानी बढाउने र पर्यटकहरुमा कसरी ब्यावहार गर्ने भन्ने हिसाबले कार्यालयले घोडा व्यवसायहरूको थप सहज र स्थानीय घोडा चालकको आम्दानीको राम्रो स्रोत बनाउनको लागी नीति ऐन कानुन निमार्ण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तयार गर्न लागेको कार्यालय प्रमुख महेश न्यौपानेले बताएका छन्।
पछिल्लो समय राराको पुरै दृश्य हेर्न को लागी मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ। रारा आएका पर्यटक घोडा चढेर मुर्माटप पुगे पछि त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल,चुचेमारा हिमाल अन्य धामिर्क तीर्थस्थलसहित बाजुरा,हुम्ला,जुम्ला,बाजुरा,अछाम,लगायत ७ जिल्लाको अवलोकन सहित गरेर फर्किन्छन्। पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट सञ्चालनमा आएको छ।