प्यावसन नगर कार्य समिति बेलबारीको आयोजनामा नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ।पाँचौ साधारणसभा पछिको प्यावसन नगर कार्य समिति बेलबारीको पहिलो कार्यक्रम हो।
प्रतियोगिता बेलबारी नगरपालिका वडा नं.१ मा अवस्थित आदर्श सेकेण्डरी ईङ्गलिस बोडिङ्ग स्कुलको प्राङ्गणमा आयोजना भएको थियो भने प्रतियोगितामा नि–वर्तमान बेलबारी नगर प्रमुख तथा मोरङ क्षेत्र नं.३ ख का कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आथित्यता तथा प्यावसन नगर कार्य समिति बेलबारीका अध्यक्ष भगवती प्रसाद घिमिरेले अध्यक्षताको ग्रहण गरेको थिए। उक्त प्रतियोगितामा बेलबारी नगर प्यावसनमा आबद्ध विद्यालय मध्ये सिनियर तर्फ ८ र जुनियर तर्फ १३ वटा विद्यालयको सहभागिता रहेको थियो। 
38उक्त प्रतियोगिताबाट सिनियर र जुनियर दुवै तर्फबाट बाल जगत ईङ्गलिस बोडिङ्ग स्कुल बेलबारी–९ डाङ्गिहाट प्रथम ,सेनियर तर्फ माउन्ट एभेरस्ट स्कुल बेलबारी ११ दोस्रो र आदर्श सेकेण्डरी ईङ्गलिस बोडिङ्ग स्कुलले तेस्रो स्थान हासिल गरेको हो। 
36त्यस्तै, जुनियर तर्फ भानु मेमोरियल ईङ्गलिस बोडिङ्ग स्कुल दोस्रो बेलबारी–१, यलम्बर ईङ्गलिस बोडिङ्ग स्कुल बेलबारी–४ तेस्रो र शिक्षा सन्देश ईङ्गलिस बोडिङ्ग चौथो स्थान हासिल गरेको हो। विजेता छात्र र छात्राहरुलाई मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो। प्यावसन नगर कार्य समिति बेलबारीका अध्यक्ष भगवती प्रसाद घिमिरेले आउँदो मङ्सिर ३० गते मोरङ प्यावसनको आयोजनामा हुन लागेको लोक नृत्य प्रतियोगितामा सहभागिता गराउनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको बताए।  
40उक्त प्रतियोगितामा नगर भित्रका विभिन्न संस्थागत विद्यालयहरूका जुनियर तर्फ १३ र सिनियर ८ वटा सहित कुल २१ वटा नृत्यहरू प्रस्तुत गरिएका थिए। प्रतियोगिता प्यावसन बेलबारी  नगर कार्यसमितिका सचिव विनोद भण्डारीले सञ्चालन गरेका थिए भने प्रतियोगितामा बेलबारी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एलिना बस्नेत, एन–प्यावसन मोरङ अध्यक्ष नारायण कोइराला, प्यावसन मोरङका सचिव जगत बहादुर बस्नेत, एन–प्यावसन बेलबारी नगर कार्य समितिका अध्यक्ष पर्वत खालिङ्ग राई लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
35