नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो।
मङ्गलवारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो।