सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारस्थित कालीमन्दिर अगाडी मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको उपचारका क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ६ बजेतिर मृत्यु प्रहरीले जनाएको छ।
सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन्। घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक गोपाल र बबिता ससुरा-बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैगरी, मोटरसाइकल चालक कोसी गाउँपालिका-८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडी सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन्। उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ।