दुहवी नगरपालिका भित्रका युवा युवतीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुलाई दक्ष बनाउने तर्फ दुहवी नगरपालिका लागी परेको छ। आर्थिक वर्ष २०७५/०७६ देखी दुहवी नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालय र २ संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमलाई विस्तार गर्दै विद्यालय अध्ययन गरि अध्ययन छोडेका विद्यार्थी र अन्य युवा युवतीलाई व्यावहासिक ज्ञान उपलब्ध गराउने उद्धेश्यले वृति मार्ग निर्देशन सेवा इकाईको स्थापना गरि सो कार्यको शुभारम्भ गर्ने काम दुहवी नगरपालिकाले गरेको छ। सो इकाई शाखाको एक समारोहका विच दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उद्घाटन गर्नुभयो।
सो शाखाको उद्घाटन गर्दै दुहवी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले नेपालको परिवेशमा व्यावसायिक शिक्षा आजको आवश्यकता हो, व्यावसायिक ज्ञान बिना मानिसहरु सक्षम हुन सक्दैनन्। दुहवी नगरपालिका भित्रका युवा युवती लाई व्यावहारिक ज्ञान दिने, परामर्श दिने, उनीहरुले सक्ने ज्ञान सिपलाई रोजगारी दिलाउने तर्फ दुहवी नगरपालिकाले आवश्यक पहल गर्ने तर्फ सदैव रहेको बताउनुभयो। इन्सोर परियोजनाबाट ८ वटा विद्यालयका शिक्षकहरुले प्राप्त गर्नुभएको आफ्नो ज्ञानलाई युवा युवती समक्ष पुर्याउने काम जुन गरेको छ। यसलाई दुहवी नगरपालिकाले बिर्सन सकिदैन भन्नुहुर्दै परियोजनाको अवधि सकिएपनि यसलाई दुहवी नगरपालिकाले निरन्तरता दिने छ यो सरकारको सुचीमा परिसकेको छ, गच्छदारले भन्नुभयो। यो दुहवी नगरपालिकाको कार्य शैलीलाई सबैले अनुशरण गर्नेछन् भन्नुहुर्दै यसबाट कसैले भेदभाव भएको महशुस गर्न सक्ने छैनन् भन्नुभयो।
दुहवी नगरपालिकाकी उप प्रमुख मेनुका पोखरेल खतिवडा, प्रमुख प्रसाशकीय अधिकृत हिमालय वराल, इन्सोर परियोजनाका प्रमुख संजिव राई, वृती मार्ग निर्देशन सेवा इकाई प्रमुख विकास घिमिरे लगायतका वत्ताले दुहवी नगरपालिका भित्रमा युवा युवतीलाई रोजगारी परामर्श र व्यावहारिक ज्ञान दिँदै युवा युवतीलाई आफनो खुट्टामा उभिन सक्ने अवस्था सिर्जना हुने दाबी गर्नुभयो।