शनिबार र भाइटीकाबाहेक अन्य दिन तिहार बिदामा पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमाथि सुनुवाइ हुने भएको छ।

कात्तिक १५ देखि १९ सम्मको बिदामा शनिबार र आइतबारबाहेक अन्य दिन अदालत आंशिक रूपमा खुला रहने भएको हो।

'भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' अदालत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

Supreme_Court_iGaXbobYms