देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ।
डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन्। कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।
त्यसपछि काठमाडौँमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ।