बेलबारीमा आयोजित सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ।

शनिबार सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुनजडित ट्रफी जितेको छ। उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफी जितेको छ।

90निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा झापा ११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे। सहलेस फुटबल क्लब सिरहाका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरे। समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाए।

झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए। तामाङले १० हजार नगदसहित ट्रफी र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे। सहलेस फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे। उनले खेल अवधिमा पाँच गोल गरेका थिए। सलहेसका समिर तामाङले उत्कृष्ट फरवार्डको उपाधिसँगै ७ हजार नगद र ट्रफी प्राप्त गरे।