मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा अवस्थित माउन्ट एभरेस्ट सेकेण्डरी अंग्रेजी बोर्डिंङ्ग स्कुलको  खेलकुद भेटघाट कार्यक्रमको उद्घाटन भएको छ।  विद्यालय व्यबस्थापन समितिका अध्यक्ष बल बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवती प्रसाद घिमिरेको प्रमुख आथित्यतामा खेलकुद भेटघाट उद्घाटन भएको थियो। स्कुलले २१  इभेन्टमा यस वर्ष विभिन्न खेलकुद समेटेको छ । ६५० जना बिधार्थिहरु सहभागिता रहेको र उत्कृस्ट बिधार्थिहरुलाई हौसला बढाउन कार्तिक १४ गते सिल्ड मेडल र प्रमाण पत्र वितरण गरि सम्पन गर्ने बिधालयले जनाएको छ।  mt2

विद्यार्थीहरुको शैक्षिकसँगै खेलकुदको विकास गर्न पनि उक्त कार्यक्रम वार्षिक रुपमा गर्दै आएको विद्यालयका  प्रधानाध्यापक जगत बहादुर बस्नेतले बताए ।बस्नेतले बिधार्थिहरुलाई किताबी ज्ञान मात्र न भएर कम्तिमा बिधालयबाट  रास्ट्रिय खेलाडी बन्नका निम्ति पदोन्नति गर्ने उदेश्य रहेको बताए।  

कार्यक्रममा   बेलबारी नगर प्याब्सनका अध्यक्ष एबम प्रमुख अथिति   भगवती प्रसाद घिमिरेले मोरङ जिल्लाको प्याब्सनमा नेतृत्व मा रहेका  मोफसलका जगत बाहादुर बस्नेतले केन्द्रमा आयोजना हुदै आएको प्याब्सनका कार्यक्रम हरुको अन्त्य गरेका छन्।  मोफसलका नेतृत्व मोरङ  प्याब्सन मा न हुदाु बिराटनगर जस्ता ठुला सहरमा मात्र केन्द्रित हुन्थे अहिले मोरंग प्याब्सनका कार्यक्रमहरु बेलबारी जस्ता मोफसलमा  हुदै आएको प्रति धन्यवाद दिदै गौरब माने।

खेलकुद भेटघाट कार्यक्रम आज बिहिवार देखि कार्तिकको १४ गते समापन हुने छ। बेलबारी नगरपालिकाले नगर क्षेत्र भित्र  माउन्ट एभरेस्ट सेकेण्डरी अंग्रेजी बोर्डिंङ्ग स्कुल “क“   बर्गिकरण गरेको बिद्यालय हो।  mt1

कार्यक्रमा लक्ष्मी मा.बिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी ,लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतम लगायतले मन्तब्य राखेका थिए भने  बेलबारी नगरपालिका वडा न ११ का वडा सदस्य इन्द्र राई,नवराज बस्नेत ,बेलबारी नगरपालिका वडा न ११ का नि–बर्तमान वडाध्यक्ष राजन पोखरेल लगायतको उपस्थिति रहेको थियो।