बेलबारीमा जारी आरजु राइस सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ ।

शनिबार भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लव बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । १४ औं मिनेटमा सुशील राईको गोलबाट उत्कृष्ठ सुरुवात गरेको आयोजक एलएक्ससिटी फुटबल क्लबले ४७ औं मिनेटमा जवाफी गोल खायो । मिलन राईको पासमा सरुवाती गोल गरेको आयोजकले शनिवार घरेलु दर्शकको भरपुर समर्थन पाएको थियो । चित्लाङ फुटबल क्लव ४७ औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो ।16

विदेशी खेलाडी रोर्वटको पासलाई सदूपयोग गर्दै चित्लाङ फुटबल क्लवका सनम धिमालले उत्कृष्ठ गोल गर्दै खेल १–१ गोलको अवस्थामा पुर्याएको थियो  । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६२ औं मिनेटमा चित्लाङका कार्लोसले वान भर्सेस वानमा सुन्दर गोल गरे । २–१ ले पछि परेको आयोजक विरुद्ध चित्लाङले एकपछि अर्को राम्रो अवसर निकाले पनि चित्लाङका खेलाडी गोल गर्न भने चुकेका थिए । ७४ औं मिनेटमा आयोजक एलएक्ससिटी फुटबल क्लवका प्रदीप लामाले बललाई जालीको दिशा दिए ।18

आयोजक एलएक्ससिटीले २–२ गोलको बराबरीमलाई २ मिनेट पनि टिकाउन सकेन । ७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गरे । आयोजक टिमका प्रदीप लामाले बराबरी गोल गरेको खुसी मनाउँन नपाउँदै आयोजक विरुद्ध चित्लाङका खेलाडी हेनरीले गोल गरेपछि आयोजक सातौं संस्करणको उपाधि होडबाट बाहिरिएको छ । शनिवारको खेलमा चित्लाङ फुटबल क्लवका कार्लोस म्यान अफ द म्याच घोषित भए । उनलाई बेलबारी नगरपालिकाका उप प्रमुख नितु थापाले नगद ५ हजार र ट्रफि प्रदान गरिन । आइतबार झापा –११ र भोजपुर फुटबल क्लब भोजपुर बिच खेल हुनेछ । प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

Photo

25

36

34

38

42

19

47