बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ‘७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ कात्तिक २ गतेदेखि हुने भएको छ ।असोज ११ गते देखि हुने भनिएको गोल्ड कप भारि बर्षाका कारण स्थगित  गोल्डकप कार्तिक २ गते देखि संचालन गर्ने एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए 


 ‘बेलबारी नगरपालिकाको पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराकासाथ एलएक्स सिटी फुटबल क्लबले पुनः कात्तिक २ देखि १० गतेसम्म गोल्डकप  प्रतियोगिता आयोजना गर्ने भएको हो । 

गत वर्ष ८ टोलीको सहभागिता रहे पनि यस पटक आयोजकसहित १० टोलीको सहभागिता छ ।आयोजक एलएक्स सिटी फुटबल क्लब,  बिग्रेड ब्वाइज क्लब, , चित्लाङ फुटबल क्लब काठमाडौं , बुटबल लुम्बिनी फुटबल क्लब, झापा ११ फुटबल क्लब, सलहेश युवा क्लब सिरहा , भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब धनकुटा ,कनचनजँगा  फुटबल क्लब सिलिगुडी भारत र   दलसिंहपारा स्पोर्टस एकेडेमी  भारत पश्चिमबंगालको सहभागिता रहने अध्यक्ष राइले जानकारी दिए  ।gold cup

सातौ बेलबारी आरजु राइस अन्तराष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ संचालन गर्न  ६० लाख खर्च हुने क्लबका महा –सचिव सम्भुले जानकारी दिए  । महा –सचिव बस्नेतले मुख्य सहयोगी बेलबारी नगरपालिका ,मुख्य प्रायोजक आरजु राइस मिल प्रा.लि सह –प्रायोजकहरु टुबोर्ग वियर ,एनी स्पोर्ट क्लोथ,मल्टी मिसन ट्रेनिङ्ग सेन्टर ,लाहुरे   ट्रेनिङ्ग सेन्टर ,दि रिभर ओभरसिज ,वाई –वाई नुडल्स ,इन्दोग्लोबल ,बेलबारी उधोग बाणिज्य संघ,प्रदेश खेलकुद,एन्फा ,छिमेकी पालिका ,प्रवेश टिकट तथा विभिन्न संघ सस्था ब्यापार व्यवसाय ,देश तथा विदेशमा रहने सहयोगी दाताहरुबाट रु ७०  लाख बराबरको आम्दानी हुने बस्नेतले बताए । 

001 1

सातौ बेलबारी आरजु राइस अन्तराष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१को बिजेताले नगत ८ लाख ट्रफी मेडल  र प्रमाण पत्र प्राप्त गर्ने छ भने ट्रफी लानको लागि लगातार ३ पटक बिजेता हुनु पर्ने छ।  रनिङ्ग सिल्ड साढे २ तोला को सुन र साढे २ किलोको चादी जडित हुने आयोजकले जनाएको छ।  त्यसै उप बिजेताले ४ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।     प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गर्ने छन् ।

गोल्डकप बेलबारी –११ लक्ष्मीमार्ग को प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा आयोजना हुने छ।