कोशी प्रदेशमा गएरातीदेखि नै धेरै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा भएकोले त्यस आसपास भइ बहने नदी तथा खोलामा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ। यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ।