बाढीपहिरोमा परी २३३ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता छन्। १६९ जना घाइते भएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ। 

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको उनले बताए। 

अवरुद्ध राजमार्ग मर्मत गरी यातायातका साधन सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीको भनाइ छ।