प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्। 
अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलामा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ। 
बाढीका कारण उक्त तलामा रहेका उपकरण र महत्त्वपूर्ण सामग्री ध्वस्त भएको छ। दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ।