नेपाल ट्रेड युनियन काँग्रेसले बाढी पहिरो प्रभावित श्रमिक एवम् नागरिकहरुको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन माग गरेको छ। 
आइतबार एक विज्ञप्ति जारी गर्दै बर्षात अझै हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै प्रभावितहरुको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न माग गरेको हो। 
ट्रेड युनियन काँग्रेसका महासचिव अजय कुमार राईले उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारसँग माग गरेका हुन्। उनले प्रभावितहरुको उद्धार, रक्षा, खोजी कार्य, राहत वितरण, अस्थायी बासको व्यवस्था र घाइतेहरुको प्रभावकारी रूपमा निःशुल्क उपचारका लागि माग गरेका हुन्।
Bigepti