अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पुर्याएको छ। 
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पुर्‍याएको जानकारी गराएको हो। 
जस अन्तर्गत मेची नदीले मेचीनगर नगरपालिकाको प्रसादगैडा र मलामीटहरा र भद्रपुर नपा, गैरी गाउँ, बिरिङ्ग नदीले झापा गापा रेडक्रस टोल र हुलाकी राजमार्गको तलमाथि क्षेत्रमा साथै कनकाई नदीले हुलाकी राजमार्गको तल माथि क्षेत्रमा, झापा गा. पा.को मिलनबस्ती र सुगा बथान एवं रतुवा नदीले रतुवा नपा राजाबासा, गौरादह नपा तेलिया डाँगी र मावा नदीले दमक नपा पाथीभरा मन्दिरमा अनुमानित लागत २१ करोड बराबरको क्षति पु¥याएको छ। 
कोसी नदीले बेलाका न.पा., बक्राहा नदीले मिक्लाजुङ्ग, पथरी शनिश्चरे, रतुवामाई, चिसाङ्ग नदीले लेटाङ, बेलबारी साथै डाँस नदीले रङ्गेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले विराटनगर क्षेत्रमा अनुमानित पाँच करोड ४० लाखको क्षति पुर्‍याएको छ। 
खाँडो नदीले शम्भुनाथ न.पा., रुपनी गा.पा., राजविराज न.पा., तिलाठी कोइलाडी गा.पा. महली नदीले तिरहुत गा.पा., कन्चनरूप न.पा., कंकालनी न.पा., कृषणासोवरन गा.पा. साथै बलान नदीले लहान न.पा., सखुवानन्करकट्टी न.पा., बालन बिहुल गा.पा., सुरुङ्गा न.पा.मा ठुलो क्षति पुर्‍याएको छ। अनुमानित क्षतिको लागत रु ९ करोड ८० लाख बराबरको क्षति पुर्‍याएको हो। 
यस्तै, रातो नदीले महोत्तरी गा.पा., बर्दिबास न.पा., बलबा न.पा., जलेश्वर न.पा., भंगहा न.पा. र मरहा नदीले सोनमा गा.पा. एवं औरही नदीले लोहारपट्टी न.पा., मुखियापट्टि न.पा., मुसहरनिया गा.पा. र तिपरा गा.पा.मा अनुमानित चार करोड बराबरको क्षति पुर्‍याएको छ। 
त्यस्तै, हालसम्म सिँचाईतर्फ सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको। अनुमानित ५ करोडको क्षति भएको हो। 
बागमती सिँचाइ आयोजनामा पूर्वीमूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा अनुमानित ५ करोड ४० लाखको क्षति भएको छ भने झाँझ सिँचाइ आयोजना अन्तर्गतको नहरमा तीन करोडको अनुमानित क्षति भएको छ।  
कमला सिँचाइ व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्‍याएको, घुर्मी नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्‍याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्‍याइ उच्च जोखिम मा रही पाँच करोड बराबरको क्षति समेत भएको छ। 
महाकाली सिँचाइ आयोजना, कन्चनपुरलगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठुलो क्षति पुर्‍याइ करिब १ अर्ब १४ करोडको क्षति भएको छ।