नेकपा माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढी पहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ।  
समितिका इन्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र सङ्गठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया सङ्गठन समितिलाई सहयोगका लागि धन्यवाद दिए। बाढी पहिरोको पछिल्लो घटना लगत्तै पार्टीले पहल लिएर देशव्यापी रूपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे।
मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे।