राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेकी छिन्। 
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच  कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।