अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशअनुसार आउँदै गरेको विजया दशमी टीकाको साइत सार्वजनिक गरेको छ।
आइतबार समितिले विभिन्न देशबाट साइतबारे जिज्ञासा आएकाले विश्वका महत्त्वपूर्ण देशहरूमा टीका लगाउन उत्तम साइत सार्वजनिक गरिएको जनाएको छ।
जसअनुसार काठमाडौँमा असोज २६ गते परेको विजया दशमीमा टीका लगाउने साइत बिहान ११ः३६ बजेलाई उत्तम ठानेको छ।
दिल्ली, भारतमा अक्टोबर १२ बिहान ११ः४२ मा छ, अमेरिकाकाको न्यूयोर्कमा अक्टोबर १२ मा १०ः०१, केन्टुकीमा १०ः४५, टेक्सामा १०ः०५, वासिङ्गटनमा ९ः५५, क्यानडा टोरन्टोमा १०ः१५,भ्यान कुभरमा १०ः१७ र जापान टोकियोमा अक्टोबर १३ ११ः३५ बजे रहेको समितिले जानकारी दिएको छ।
Photo (1) 66