पाँचथरको फिदिम नगरपालिका ४ गडी स्थित चिसापानीमा घर माथिदेखि पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ।

आदिवासी जनजाति महासङ्घको भवन स‘गै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको घटनास्थलमै ज्यान गएको हो।

उनीहरू फिदिम ४ मा डेरा बस्दै आएका थिए। साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो। त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बिहान साढे तीन बजे पहिरो खसेको स्थानीयले बताएका छन्। मृतक आमा छोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ। पहिरोले आदिवासी जनजाति महासङ्घ पाँचथरको भवन पनि पुरेको छ।