दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका-८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार उनलाई मंगलबार बिहान करिब साढे ९ बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।