सुनसरीको बराहक्षेत्र नगरपालिका १ झण्डा चोकस्थितमा दुर्घटना हुँदा धरानका एक जनाको मृत्यु भएको छ।

उदयपुरबाट झण्डा चोकतर्फ जाँदै गरेको प्र १-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका ८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।