मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन्।
मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पिटी (The Best GentlemanÚs Probationer for PT) पुरस्कारद्वारा पुरस्कृत भएका हुन्।
दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो। 
सन् २०२३ नोभेम्बर १३ देखि सुरु भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपाल प्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बु र झरना सोनार गरी पाँच जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो।