उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन्।
उपमा सञ्चार समूहले काठमाडौँमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा सिर्जनाले समाजलाई सही बाटोमा डोर्‍याउन मदत पुर्‍याएको बताएका हुन्। 
उनले भने, ‘कलाकारका सिर्जनाहरूलाई सबैले मन पराउँछन्। तपाईँहरूका कयौँ प्रतिभाहरू उच्च प्रशंसा गर्न लायक छन्। कला साहित्य हाम्रो पहिचान हो। तपाईँका सिर्जनाहरूले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सही मार्गमा डोर्‍याउन मदत पुर्‍याएको छ। आम जनताको मन मस्तिष्कमा बस्ने सिर्जनाहरू ल्याउनुस् मेरो शुभकामना छ। तर कतिपय गीतहरु पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन्। यसलाई निरुत्साहित गर्नुस्।’
उपमा सञ्चार समूहले दुई दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ। कलाकारको प्रतिभाहरुको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ।