अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा सङ्गठन अस्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलाइन्स ९एक्का०को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन्। 
सिड्नीमा सम्पन्न एक्काको सातौँ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो। संस्थाको उपाध्यक्षमा चूडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शङ्कर धरेल निर्वाचित भएका छन्।
त्यसैगरी, सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ।
त्यस्तै कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरुण गौतम, दीपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ। एक्काले व्यावसायिक हकहित र विभिन्न समयमा शैक्षिक मेलाहरु आयोजना गर्दै आइरहेको छ।