धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए। हिजोदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो।

सरकारले संविधान दिवसका अवसरमा धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। एकाइका प्रमुख अधिकारीले वि.सं. २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए। 

उनकाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ।