मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ।

बुधबार बिहान ६ बजेतिर लडेका राईलाई उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्। 

मोरङको पथरीका ४५ वर्षीय राईलाई छातीमा असहज भएपछि अस्पताल भर्ना गरिएको थियो।उपचारका क्रममा बिहान ७ बजे उनको निधन भएको हो।

राईले यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौंँ शारीरिक सुगठन प्रतियोगिता जितेका थिए। शनिबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनले उपाधि चुमेका थिए।

उनी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी हुन्। उनी मिस्टर काठमाडौँमा सहभागी हुन ‘फोनिक्स फिटशाला’ बाट सहभागी भएका थिए।

मिस्टर काठमाडौंमा भाग लिने क्रममा उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बसिरहेका थिए।