लेबनानमा मंगलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार यी विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ।

लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा पनि यी विस्फोटहरू भएका थिए। 

हिजबुल्लाहका सांसद अली आमेर र उनीहरूका एक सदस्यकी १० वर्षीया छोरीको पनि यी विस्फोटमा मृत्यु भएको छ।

गत अक्टोबर ७ मा गाजामा इजरायल र हमासबीच युद्ध सुरु भएदेखि इजरायल र लेबनानबीचको सीमामा झण्डै दिनहुँ गोली हानाहान भइरहेको छ।