सोह्र श्राद्ध  सुरु भएको छ। बुधवार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदै छ।
बुधवार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। 
मूल बौद्धिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधवार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ।
सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन्। यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ। 
आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ।
यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।